दफा २३५
औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने

(१) कसैले जानीजानी औषधिको असर शुन्य वा घटी वा बदलिने वा हानिकारक हुने गरी कुनै औषधिमा मिसावट गर्न वा त्यसरीमिसावट भएको औषधि वा अन्य कुनै बस्तुलाई औषधि भनी बिक्री गर्न वा उपचारको निमित्त कसैलाई दिन वा कुनैव्यक्तिलाई त्यस्तो औषधि सेवन गर्न वा गराउन लगाउन हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई देहाय बमोजिम सजाय हुनेछ:-
(क) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मरिसकेकोमा ज्यान मारेको सरह,
(ख) त्यस्तो औषधि सेवन गरेको कारणले ज्यान मर्न सक्ने गरी खतरा पुगेको वा पुग्ने सम्भावना भएकोमा ज्यानमार्ने उद्योग गरे सरह,
(ग) त्यस्तो औषधि सेवन गरेको कारणले शरीरको कुनै अङ्गभङ्ग हुने वा सोको शक्ति क्षीण वा हरण हुन सक्नेभएमा दश वर्षसम्म कैद र एक लाख रुपैयाँँसम्म जरिबाना,
(घ) खण्ड (क), (ख) वा (ग) को अवस्थामा बाहेक अन्य अवस्थामा पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँँसम्मजरिबाना ।